काठमाडौं, २४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाति हृदयन्द्रको उपनयन (ब्रतबन्ध) का अवसरमा आयोजना गरेको पार्टीमा राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् । उनी बिहिबार करीब सवा १ बजेतिर राष्ट्रपति पूर्वराजाको निम्ता मान्न र होटल सोल्टी पुगेकी हुन् ।


ADVERTISEMENT


पूर्वराजाको निम्ता मान्न पुगेकी भण्डारीले पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँग भलाकुसारी पछि सँगै बसेर खाना खाएकी थिइन् । यसअघि शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा ज्ञानेन्द्रले निम्तो मानेका थिए । त्यसैको पैंचो तिर्न उनी पूर्वराजाका नातिको ब्रतबबन्धमा पुगेकी हुन् ।


ADVERTISEMENT

# # #


भोजमा ज्ञानेन्द्रले नेपाली तथा भारतीय जोगिदेखि नेपालका राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री सभामुख, मन्त्रीलगायतलाई भोजका लागि निम्ता गरेका छन् । चलचित्रकर्मी महानायक राजेश हमाल, उपप्रम कमल थापा देखि मधेसी नेता राजेन्द्र महतो पनि सहभागी भएका छन् ।

पूर्वराजा शाह र राष्ट्रपति भण्डारीबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा करिब डेढ घण्टा भलाकुसारी समेत भएको बताइएको छ ।