काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपालसामू १३९ रनको झिनो चुनौति दिएको छ । नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि नामिबियाका ब्याट्समेन पूरै निरीह देखिए ।


ADVERTISEMENT


नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो खेलेपछि नामिबियालाई सस्तैमा समेट्न सफल भएको हो । घरेलु मैदानको फाइदा उठाउन ब्याटिङमा उत्रिएको नामिबियाको ३ रन हुँदा पहिलो विकेट गएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि नामिबियाको २३ रन हुदा नेपालले दोस्रो सफलता पायो । नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । नेपालका लागि पहिलो दुर्इ विकेट सोमपाल कामीले लिएका थिए ।

नामिवियाले ७५ रन हुँदा तेस्रो विकेट गुमायो । बसन्त रेग्मीले जिम पियरे कोट्जीलाई ब्यक्तिगत ९ रनमा आउट गरे । त्यसको लगत्तै राम्रो लयमा देखिएका क्रेग विलियम्सलाई सन्दिपले एलबीडब्लु धरापमा पारे । उनले ४१ रन बनाए ।

नामिबियाको स्कोर ८० रन हुदा नेपालले पाँचौ विकेट लिन सफल भयो । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिँदै आउट गरे ।

नामिबियाका कप्तान बर्गर डक आउट भएपछि नेपालले छैटौं विकेट हात पारेको थियो । यो विकेट पनि सन्दीप लामिछानेले नै लिएका थिए । यस्तै खेलको २५।४ ओभरमा शरद भेषवाकरले जेएन फ्रेन्कलिनलाई पेवेलिएनको बाटो दखाएका छन् ।
उनले फ्रेन्कलिनलाई विकेटकिपर दिलीप नाथको हातबाट स्टम्पिङ गराएका हुन् ।

नेपालको लागि सन्दीप लामिछाने र कप्तान पारस खड्काले समान २र२ र सोमपाल कामीले १ मेडेन ओभर फाले । सन्दीपले ४ विकेट लिँदा सोमपाल कामीले ३ तथा कप्तान पारसले एक विकेट लिन सफल भए । यस्तै बसन्त रेग्मी र शरद भेषवाकरका नाममा पनि समान १/१ विकेट रह्यो ।

यता नामिबियाका लागि क्रेग विलियम्सले आक्रामक खेल्ने संकेत गरे पनि सन्दीप लामिछानेले टिक्न दिएनन् । ३४ बलको सामना गरेका क्रेगले ८ चौका प्रहार गरेर ४१ रन बनाउँदै सन्दीपको हातबाट एलविडब्लुको सिकार भए । यस्तै जेन ग्रिन र जेन फ्र्यान्कलिनले समान २/२ तथा जेजे स्मितले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन्

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले आजको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ ।