काठमाडौं – नयाँ सरकार गठन र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार अपरान्ह ‘वान टु वान’ छलफल भएको छ । छलफलको स्थान गोप्य राखिएको छ ।


ADVERTISEMENT


पार्टी एकता नहुने हो कि भन्ने आशंका उत्पन्न भइरहेका बेला ओली प्रचण्ड वार्ता सुरु भएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाको चुनाव पनि सकिइसकेकाले सरकार गठनका लागि छिटो प्रक्रिया अघि बढाउन एमाले अध्यक्ष केपी ओली प्रेसरमा छन् । माओवादीले चाहिँ सरकार गठनसँगै पार्टी एकताको सुनिश्चितता हुनुपर्ने र सँगै त्यसको प्रmेमवर्क बनाइनुपर्ने अडान राखिरहेको छ ।

साथै एमाले अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना गरेपछि माओवादीसँग सहमति हुन सकिरहेको छैन ।यस्तो अवस्थामा पार्टी एकताका लागि तत्काल कुरो मिलेन भने माओवादीले सरकार बाहिरै रहेर ओलीलाई समर्थन गर्ने बताएका छन् ।

तर, आज हुने दुई नेताबीचको छलफलले सरकार गठन र पार्टी एकता दुबैमा निकास निकाल्ने अनुमान वाम नेताहरुले गरेका छन् ।