काठमाडौं – छ दिने भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले उडिसास्थित भुवनेश्वरमा भइरहेको महायज्ञमा भाग लिएका छन्।


ADVERTISEMENT


शाहले विश्वशान्ति महायज्ञमा पूर्ण अनुष्ठान तथा आहुति गरे। फेब्रुअरी ३ मा सुरु भएको उक्त महायज्ञमा पूर्वराजालाई राजाकै रूपमा स्वागत गरिएको थियो। उक्त अवसरमा ज्ञानेन्द्रले राठीपुरमा रहेको गौशाला पनि उद्घाटन गरे।उक्त अवसरमा बोेल्दै पूर्वराजा ज्ञानेन्द्रले गाईको महत्त्वबारे जनतालाई जागरुक रहन आग्रह गरे।


ADVERTISEMENT

# # #


छ दिनको भारत बसाइमा बिहीबार र शुक्रबार जगतगुरु शंकराचार्यको पट्टिभिषेकको रजत जयन्तीमा भाग लिने कार्यक्रम छ। शनिबार पूर्वराजाले जगन्नाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यम न्यूज उडिसाले जनाएको छ। लामो समयदेखि नेपालका शाह परिवारका सदस्यलाई पुरी मठमा राजाकै रुपमा सम्मान गरिएको छ।

पूर्वराजा बिहीबार गोबर्धन मदपुरी जाने कार्यक्रम रहेको अन्तराष्ट्रिय विश्व हिन्दु महासंघ की महासचिव अस्मिता भण्डारीले जानकारी दिइन्।