काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिरहेको बताएका छन् । बिहीबार गृहजिल्ला झापाको बिर्तामोड पुगेका प्रवक्ता शर्माले स्थानीय सञ्चारकर्मीमाझ बोल्दै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिए पनि हुने दावी समेत गरे ।


ADVERTISEMENT


उनले नयाँ सरकार गठनका लागिनै सरकारले प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोकेको, राष्ट्रियसभाको निर्वाचन सम्पन्न गराएको पनि स्मरण गराए । संवैधानिक प्रक्रियाका कारणले मात्रै नयाँ सरकार गठन गर्न ढिलाई भएको समेत उनले स्पष्ट पारे । प्रवक्ता शर्माले निर्वाचनमा भएको हारबाट सिकेर पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउने दृढता समेत व्यक्त गरे ।


ADVERTISEMENT

# # #