काठमाडौं-मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।


ADVERTISEMENT


सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एक/एक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन् ।

स्रोतका अनुसार सरकारले सिफारिस गर्ने तीन जनाको एक/एक सिट आफूहरुले पाउनुपर्ने माग राजपा र फोरमका नेताहरुले प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।

प्रदेश २ राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने बेलामा नेपाली कांग्रेससँग भएको वार्तामा फोरम र राजपाले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एकरएक सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।- आजको नागरिकबाट