काठमाडौं-प्रदेश ३ का सांसदहरुलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले किस्तामा घडेरी उपलब्ध गराउने निर्णय गरेको छ । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको छ ।


ADVERTISEMENT


उपमहानगरका मेयर हरिबहादुर महतको प्रस्तावमा सांसदहरुलाई घडेरी दिने निर्णय भएको हो । हेटौंडा-८, कमानेमा रहेको सात बिघा जग्गामध्ये प्रदेश सांसदहरुलाई सहुलियत दरमा घडेरी दिने निर्णय भएको छ ।


ADVERTISEMENT

# # #


यस्तो सुविधा मकवानपुरका ६ जना प्रदेश सांसदलाई भने दिइने छैन । मकवानपुरबाहेकका प्रदेश सांसदहरुलाई दश धुर (आधा कठ्ठा)को दरले घडेरी दिइने मेयर महतले जानकारी दिएका छन् । यस्तै प्रदेश सांसदहरुलाई बस्न सरकारी जग्गामा बनेका घर उपलब्ध गराइने छ ।