काठमाडौं-३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।


ADVERTISEMENT


दार्चुलाको शैल्यशिखरस्थित बलान्चमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको निर्माण सम्पन्न भई आज औपचारिक उद्घाटन हुँदैछ । आयोजनाको सफल परीक्षण सकिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री सहितको विशिष्ट टोली बिहान साढे ११ बजे दार्चुला जाने कार्यक्रम रहेको छ । आयोजनाले हाल १५/ १५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाल दैनिक साँझ ६ बजेबाट बिहान ९ बजेसम्म विद्युत उत्पादन भइरहेको आयोजना प्रमुख दाहालले बताएका छन् । तर हिउँदयाम भएकाले पूर्ण क्षमतामा उत्पादन गर्न भने अझै केही समय लाग्ने दाहालको भनाइ छ सन् २०११ मा सक्ने लक्ष्य राखी २००७ मा सुरु आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै यसको लागतसमेत बढेको छ ।

सो आयोजना ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएपनि समयावधी लम्बिदै जाँदा हालसम्म १४ अर्ब भन्दा बढी खर्च भइसकेको दाहालको भनाइ छ । निर्माण सुरु भएको ११ वर्षमा सम्पन्न सरकारी लगानीको यो आयोजनाले सुदुरपश्चिमको विकास र त्यहाँका अन्य सम्भावनालाई समेत मार्ग प्रशस्त गरेको आयोजना प्रमुख दाहालले बताए ।

यसैबीच विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने लगायतको टोली समेत दार्चुला पुगिसकेको प्राधिकरणका विद्युत व्यापार विभाग प्रमुख एवं प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।