काठमाडौ-सामाजिक सेवाको भावनाले अभिप्रेरित भै केही समय अगाडि स्थापना भएको सद्भाव युवा समाजले आफ्नो प्रथम कार्य नै रत्तmदान कार्यक्रमको आयोजना गरेर संस्थाको औपचारिक कामको सुरुवात गरेको छ । संस्थाले आज माघ २७ गते राजधानीको रत्न राज्य क्याम्पसमा एक भव्य कार्यक्रम गरी केन्द्रीय रत्त संचार केन्द्र बालकुमारीको सहयोगमा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आबद्ध दर्जनौ सदस्यहरुले रत्तदान गरेका छन् । केन्द्रीय रत्त संचारका पदाधिकारीका अनुसार ३९ जना सदस्यहरुले रत्तmदान गरेका छन् ।


ADVERTISEMENT


विगत लामो समय देखि बैदेशिक रोजगारीको सिलसिलामा कतारको कतार एयर वेज अन्रतर्गत कतार एभिसनमा कार्यरत र सोही स्थानमा काम गरी नेपाल फर्किएका सदस्यहरुको प्रयासबाट संस्था आधिकारीक रुपमा नेपालमा स्थापना भै काम सुरु गरेकोे हो ।


ADVERTISEMENT

# # #



संस्थाको बारेमा बताउदै संस्थाका अध्यक्ष बासुदेव पौडेले भने हामीले विशुद्ध सामाजिक सेवाको भावनाले यो संस्था स्थापना गरेका हौ र कामको सुरुवात पनि रत्तदानबाट गरेका छौं । त्यसैले हाम्रो यो रत्तदानले कसैको ज्यान बच्न सक्छ । यो पुन्य कार्यबाट सद्भाव युवा समाज सामाजिक कार्यमा निरन्तर अघि बढ्ने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाएका छन् ।


यस संस्थाको समाजिक सेवाको पहिलो खुड्कीलोमा नै रत्तदान गर्न पाउँदा आफुलाई ज्यादै खुसी लागेको संस्थाका कोषाध्यक्ष खेम गुरुंगले बताए ।
खास गरी बैदेशिक रोजगरीमा गई नेपाल फर्किएका सदस्यहरुको सद्भावलाई एकजुट गराई नागरिकका लागि केही काम गरौ भनि संस्था स्थापना गरिएको संस्थाका सचिव प्रदिप रुपाखेतीले बताए । भोलिका दिनमा संस्थाले बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्ने र नेपाल फर्किएका सदस्यहरुलाई एकबद्ध गराई राष्ट्रिय स्तरमा आफ्नो कामलाई अघि बढाउने संस्थाको उदेश्य रहेको रुपाखेतीले बताए ।

भृकुटी मण्डप स्थिति आर आर क्याम्पस प्रांगणमा भएको रत्तदान कार्यक्रम विहान १० बजे बाट दिउँसो २ बजे सम्म चलेको थियो ।