काठमाडौं-स्थानीय तहको निर्वाचनमा उम्मेदवारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउने वचन दिए । जनताले पनि विश्वास गरेर आफ्ना जनप्रतिनिधि चुने ।


ADVERTISEMENT


दुई दशकसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहबाट सहजरुपमा सेवा सुविधा पाउने अपेक्षा गरेका जनतामा विगतकै दुःख बल्झिएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय तहमा नै रहेर सेवा सुविधा दिने प्रतिबद्धता जनाएर निर्वाचनमा उठेका उम्मेदवार निर्वाचित भएपछि पुनः शहरकेन्द्रित हुँदा ललितपुर बागमती गाउँपालिका-७ गिम्दीका स्थानीय दिक्क भएका छन् ।

विगतको जस्तो अहिले पनि सिफारिसलगायतको कामकाज गर्नका लागि शहर नै धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

बागमती गाउँपालिका ७ गिम्दीका बडाध्यक्षलाई बैठक र कार्यक्रम हुँदाबाहेक स्थानीय बासिन्दाले गाउँमा देख्न पाएका छैनन् । उनी भन्छन्, ‘म शहरमा बसे पनि जनताको काम रोकेको छैन । जनताको सेवा गर्न म हप्ताको तीन दिन गाउँ जान्छु ।’ आजको नेपाल समाचारपत्रबाट