काठमाडौं-दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् ।


ADVERTISEMENT


तीजडाँडास्थित चामुण्डा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले दलितले पकाएको खाजा खाँदैनौं भन्दै क्यान्टिनमा तालाबन्दी गरेका हुन् ।


ADVERTISEMENT

# # #


घरमा अभिभावकले दलितले पकाएको खाए दाँत झर्छ भनेका कारण ती बालबालिकाले खाजा खान नमानेको शिक्षकहरु बताउँछन् ।

बिहीबार मध्याह्न १२ बजेतिर खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्साकोठामा ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।-आजको नागरिक दैनिकबाट