काठमाडौँ – प्रदेश नम्बर ३ को उपसभामुखमा नेकपा एमाले की राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । काँग्रेसको तर्फबाट कसैले पनि उम्मेद्वारी दर्ता नगराउने भएपछि उनी निर्विरोध उपसभामुख भएकी हुन्।


ADVERTISEMENT


उनको एमाले ३ नम्बर प्रदेशका संसदीय दलका नेता डोरमणि पौडेलको प्रस्ताव तथा नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेशका संसदीय दलका उपनेता कुमारी मोक्तानको समर्थनमा उपसभामुखका लागि मनोनयन दर्ता भएको छ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेस तीन नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाले आफ्नो तर्फबाट कुनैपनि उम्मेद्वारी नरहेको बताएका छन्।

उनी बाहेक अरु कसैको पनि उम्मेद्वारी दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनलाई आज २ बजे बस्ने प्रदेशसभाको बैठकले उपसभामुख घोषणा गर्नेछ।