काठमाडौं – २०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित ‘जुली स्टुडियो ५४ डिस्को’मा बानेश्वरका सुवर्ण गुरुङको हत्या गरी फरार रहेका मुखिया गुरुङलाई १६ वर्षपछि भारतमा पक्राउ गरी नेपाल ल्याइएको छ । मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पालगायतको समूहले सुवर्णको हत्या भएको थियो ।


ADVERTISEMENT


हत्यापछि अन्य पक्राउ परेपनि मुखिया भने फरार थिए । प्रहरीको आँखा छली मकाउ पुगेका मुखियालाई करिब २ महिनाअघि नेपाल आएर भारत हुँदै मकाउ जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


मुखियालाई नेपाल प्रहरीको इन्टरपोलले खोजी सूचीमा राखेको थियो, त्यसैका आधारमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेर नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए ।

लामो समयसम्म प्रहरीको आँखा छली बसेका मुखियालाई २०१७ नोभेम्बरमा प्रहरीले इन्टरपोलमार्फत् रेडकर्नर नोटीसमा राखेको र उनी भारतको जयपुर विमानस्थल हुँदै बैकक जान लागेका बेला पक्राउ गरेको इन्टरपोल नेपालकी प्रमुख एसपी किरण बज्राचार्यले बताइन् । प्रहरीका अनुसार भारत र नेपालबीच औपचारिक सुपुर्दगी गरेर अभियुक्त नेपाल ल्याएको यो पहिलो घटना हो