काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज युएईको सामना गरिरहेको छ । ताजा अवस्थामा नेपालले युएईको महत्वपूर्ण ३ विकेट गुमाएको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ३० रन पूरा नगर्दै ३ विकेट गुमाएको हो । पहिलो विकेटको रुपमा व्यक्तिगत शून्य रन बनाएर अस्फाक अमिद सोमपाल कामीको बलमा बोल्ड भए । यस्तै दोस्रो विकेटका रुपमा घुलम सब्बीर १६ रनमा आउट भए । त्यस लगत्तै युएईका कप्तान रोहन मूताफा आउट भए । उनी करण केसीको बलमा विकेटकिपर दिलीप नाथकोबाट क्याच आउट भए ।


ADVERTISEMENT

# # #


नेपालका लागि सोमपाल कामीले २ तथा करण केसीले १ विकेट लिएका छन् ।