रौतहट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अफ्ताब आलम आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । कहिले बाटोको शिलान्यास त कहिले मन्दिर शिलान्यास । कहिले अस्पताल निर्माण त कहिले सिँचाई तथा शिक्षामा अभ्यस्त । साँसद आलमको दैनिकी नै यतिबेला जनता समक्ष बनेको छ ।


ADVERTISEMENT


आईतबार आलमले आफ्नो क्षेत्रका दुईवटा स्वास्थ्य चौकीहरुको शिलान्यास गरेका छन् । स्वास्थ्य चौकीहरुको शिलान्यास गर्दै उनले रौतहटलाई स्वास्थ्य र शिक्षाको केन्द्रबिन्दु हब बनाउने बचन दिएका छन् ।


ADVERTISEMENT

# # #


आफ्नै गाउँ राजपुर फरहद्वामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारीहरुको निवासका लागि निर्माण गर्न लागिएको ४ कोठे भवनको उनले शिलान्यास गरेका छन् । एक करोड लागतमा सो निवास बन्दैछ । यो स्वास्थ्य केन्द्रमा आवश्यक औषधी र एक्सरे मेसिन दिने आलमको घोषणा छ ।

यस्तै, रौतहट क्षेत्र नम्बर २ मा नै पर्ने परोवा नगरपालिका ४ लौकाहामा ३ करोड बढी लागतमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको समेत उनले आजै शिलान्यास गरेका छन् ।
सो स्वास्थ्य चौकीलाई चाहिने आवश्यक सहयोग समेत उपलब्ध गराउने उनले बचन दिएका छन् ।

चुनावको बेलामा साम्प्रदायिकता भड्काउने कुरा उठाएको भन्दै साम्प्रदायिक सद्भावाका लागि जस्तैसुकै कुरवानी दिन समेत तयार रहेको बताए ।

स्वास्थ्य, शिक्षा र सिँचाईलाई प्राथमिकता दिँदै यस्का लागि समेत काम गर्ने बताए ।

केही समय पछि उद्घाटन हुने ब्यारेकको अन्तिम तयारी छ ।