काठमाडौं-एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।


ADVERTISEMENT


माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेका थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एकजनालाई राष्ट्रपति पनि बनाउन सकिने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


ओली र प्रचण्डबीच सोमबार छलफल
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार छलफल हुने भएको छ । आइतबार बस्ने भनिए पनि प्रचण्ड व्यस्त रहेका कारण भेटवार्ता हुन नसकेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

एकता संयोजनबाट कार्यदल बनाउने तयारी
दुई नेताबीच सैद्धान्तिक–वैचारिक र सांगठनिक एकताको मोडालिटीमा आन्तरिक समझदारी भएपछि ठोस रूप दिने गरी छुट्टाछुट्टै कार्यदल बनाएर गृहकार्य अघि बढाउने पछिल्लो समझदारी भएको छ ।

कार्यदलको गृहकार्य टुंगिएपछि एकता अन्तिम चरणमा पुग्ने दुवै पार्टीका नेताहरूले बताउँदै आएका छन् । नेतृत्वका लागि अध्यक्ष, सहअध्यक्ष र महासचिव, दुवै नेता अध्यक्ष या सहअध्यक्ष हुने, एउटालाई सर्वोच्च नेता बनाएर दुवै पार्टीबाट सहअध्यक्ष प्रमुख नेताका रूपमा रहने लगायतका मोडालिटी छलफलमा छ । आजको नयाँ पत्रिकाबाट