काठमाडौं-प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले एमाले नेता डोरमणि पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । आइतबार माओवादी र एमालेको प्रदेशको संसदीय दलको कार्यालयले पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो ।


ADVERTISEMENT


‘बहुमत पुगेको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नु भन्ने हस्ताक्षरसहितको पत्र आएपछि आजै प्रदेश प्रमुखले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो,’ प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भज ज्ञवालीले भने ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री नियुक्त पौडेलले सोमबार बिहान ९ बजे सपथ लिनेछन् । सपथपछि पौडेल सहिद पार्कमा पुगेर सहिदलाई माल्यापर्ण गर्ने कार्यक्रम छ ।

‘साढे ११ बजे उहाँले पदबहाली गर्नुहुन्छ,’ प्रदेश मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले भने।