काठमाडौं-बिद्यार्थीले एक साताअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ ।


ADVERTISEMENT


नियमित पठनपाठनको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दीका कारण कलेजमा अध्ययनरत करिब ४०० विद्यार्थीको पठनपाठन पूर्ण रुपमा प्रभावित भएका छन् ।


ADVERTISEMENT

# # #


कलेजमा तालाबन्दी गरे पनि कलेज प्रशासन कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले आइतबार आगजनीसमेत गरेका थिए ।

आक्रोशित विद्यार्थीले कलेजको डेक्स र बेन्चबाहिर ल्याएर आगजनी गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो ।