काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
























