विजय थापा, युगाण्डा–न्यूयोर्कका समाजसेवी अर्जुन प्र मैनालीले १ सय ६१ पटक रक्तदान गरेका छन् । गैर आवासीय नेपाली संघ युगान्डाले युगान्डाको कम्पालामा आयोजना गरेको रक्तदान कार्यक्रममा मैनालीले १६१ औं पटक रक्तदान गरेका हुन् ।


ADVERTISEMENT


नेपालीको रगतले यूगान्डियनलाई बचाउदा सरकारले धन्यवाद दिने र सम्पूर्ण नेपालीकै लागि गौरवको विषय बन्ने भएकाले ४५०० डलर सहयोग गरेका छन् । कार्यक्रममा मैनालीले नेपालीहरुले अफ्रीकी मुलुकमा आएर रगत दिनु चानचुने कुरा नभएको भन्दै जीवनमा एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको मानविय कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणी भन्डारी , पुर्ब अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायत सहभागि भएका थिए । कार्यक्रममा सय नेपालीसहित विभिन्न मुलुकका नागरिकले रक्तदान गरेका थिए ।