अछाम – अछामको कमलबजार नगरपालिका२ मानसैनमा घरभित्रै एक महिला मृत अवस्थामा भेटिएकी छन् । मानसैन निवासी ३३ वर्षीया पवित्रा खड्का मृत फेला परेकी हुन् ।


ADVERTISEMENT


टाउको र शरिरमा चोट लागेको अवस्थामा शव भेटिएको र अनुसन्धान जारी रहेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


घटनाको अनुसन्धानका लागि पवित्राका पति ३५ वर्षीय केशर खड्कालाई घरबाटै निन्त्रणमा लिइएको डिएसपी न्यौपानेको भनाइ छ ।

पवित्राको आइतबार राति हत्या भएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेको छ ।