काठमाडौं– सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी छ ।


ADVERTISEMENT


काँग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद चयन गर्न बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदहरुको नामावली तय गर्ने विषयमा छलफल भईरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेभित्र प्रतिनिधिसभा समानुपातिकतर्फको सांसदको अन्तिम नामावली बुझाउने समय सीमा तोकेको छ । सोही समय भित्र नामावली बुझाउन गरी काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

काँग्रेसले प्रतिनिधिसभा समानुपातिक तर्फ ४० सिट हासिल गरेको छ । संवैधानिक व्यवस्था अनुसार दलहरुले बन्दसूचिमा पेश गरेका नाममा आधारित भएर सबै समुदायको प्रतिनिधित्व हुने गरी सांसद चयन गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले सकेसम्म फागुन २ गतेभित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाउने तयारी गरेको छ ।