काठमाडौं-भक्तपुरको सूर्यविनायक नगरपालिकामा बाघको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षीय शिरीष तामाङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


उनी भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फकिएरको अवस्थामा बाघले आक्रमण गरेको अनुमान गरिएको छ ।

मुलबाटोबाट माथि घना जङ्गलमा बाघले खाइरहेको अवस्थामा राती ११ बजे नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले बालकको शव फेला पारेको थियो ।

प्रहरीले बालकको शवको जाँच मुचुल्का कार्य समाप्त गरि पोष्टमार्डमका लागी भक्तपुर अस्पतालमा पठाएको छ । यस बारेमा थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।