काठमाडौँ — डा. घनश्याम गुरुङ डब्लूडब्लूएफ(विश्व वन्यजन्तु कोष) नेपालको राष्ट्रिय प्रतिनिधिमा  चयन भएका छन् ।  राष्ट्रिय प्रतिनिधिका लागि भएको अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट डब्लूडब्लूएफ नेपालको प्रतिनिधिमा गुरुङ चयन भएका हुन् । यसअघि अनिल मानन्धर राष्ट्रिय प्रतिनिधि थिए ।


ADVERTISEMENT


यसअघि लामो समयदेखि उनी डब्लूडब्लूएफ नेपालमा बरिष्ठ संरक्षण कार्यक्रम निर्देशकका रुपमा कार्यरत थिए । मुस्ताङका स्थायी वासिन्दा गुरुङ डब्लूडब्लूएफ नेटवर्कको ‘स्नो लियोपार्ड च्याम्पियन’ पनि हुन् । वन्यजन्तु संरक्षण, साझेदारी संस्थाहरुसंगको समन्वय र अन्तराष्ट्रिय निकायसंग साझेदारीमा गुरुङ अनुभवी छन् ।


ADVERTISEMENT

# # #


डब्लूडब्लूएफ नेपालले खासगरी ठूला र लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघ र हिउँ चितुवाको संरक्षण र अनुसन्धानमा सरकारलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ