काठमाडौं – नेपाल वायुसेवा निगमले दुईटा नयाँ जहाज ल्याएको छ । निगमले चीनबाट मंगलबार दिउँसो पौने २ बजे १७ सिट क्षमताका दुईटा जहाज ल्याएको हो ।


ADVERTISEMENT


“९ एनएकेयु र ९ एनएकेभी गरी १७ सिट क्षमताका दुईटा जहाज आज ल्याएका छौं,” निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने । चीन सरकारले अनुदानमा दिएका जहाज ल्याउने क्रममा निगमले थप दुईवटा विमान ल्याएको हो । सरकारले अनुदानमा ल्याएका ती जहाजको रकम अर्थ मन्त्रालयले ७ वर्षपछि चीन सरकारलाई तिर्ने सहमति यसअगाडि नै भइसकेको छ ।


ADVERTISEMENT

# # #


मंगलबार थप दुई जहाज आए पनि निगमले नयाँ गन्तव्यमा भने उडान थप गर्नेछैन । “पुरानै गन्तव्यमा यी जहाज पनि उडान गर्नेछन्,” श्रेष्ठले भने, “अब यस आगाडि जस्तो प्राविधिक समस्या आएमा फ्लाइट क्यान्सिल गर्नुपर्ने अवस्था रहने छैन ।”

निगमसँग अब ६ वटा चिनियाँ जहाज भएका छन् । निगमले अब ८ वटा जहाजबाट आन्तरिक उडान भर्नेछ । दुईटा एयरबस र एउटा बोइङसहित ३ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । निगमसँग अब ११ वटा जहाज सञ्चालनमा छन् ।