काठमाडौं-शिक्षामन्त्री गोपालमान श्रेष्ठ पदबाट बाहिरिने लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् ।


ADVERTISEMENT


सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ । मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन सदस्यहरुलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेन्डा उल्लेख गरिएको छैन ।


ADVERTISEMENT

# # #


परिषद् स्रोतका अनुसार विविध शीर्षक मा छलफल गरेर सम्बन्धन दिने तयारी मन्त्रीले गरेका हुन् ।-आजको कान्तिपुर दैनिकबाट