काठमाडौं-मेष बस्नेतले प्रणय दिबसको उपलक्ष्यमा सम्पुर्ण प्रेमीप्रेमीकाहरुलाई सर्मपित गर्दै आफ्नो कलालाई प्रस्फुटन गरी एउटा सानो कबिता रचना गरेका छन् ।  जसको सानो अंश यहाँ साभार गरिएको छ-


ADVERTISEMENT


उनकै न्यानो हात समाई ,सँगै घुम्ने मन छ
रातो गुलाव हातमा दिई उनलाई चुम्ने मन छ !
एता उति चारैतिर भ्यलेनटाइन डे भन्दै
नयाँ नयाँ जोडि जस्तै नाच्ने झुम्ने मन छ !!
प्रणयमा लिप्त हुदै माया साट्दै फेरि
कस्को माया कति भन्दै हिसाब गुन्ने मन छ !!!
आहा कस्तो जोडि भन्दै चर्चा संसार भरी
हर जोडिको मुखबाट तारिफ सुन्ने मन छ !!!!


ADVERTISEMENT

# # #


रचना: प्रणय दिबसको उपलक्ष्यमा सबै प्रेमि प्रेमिकामा समर्पित