काठमाडौं- नेपाल वायुसेवा निगम र अमेरिकन एएआर कर्पोरेशनबीच वाइडबडी जहाज खरिदका लागि सम्झौता भएको छ। नेपालको इतिहासमा पहिलोपटक दुईवटा वाइडबडी जहाज खरिद सम्झौतामा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र विक्रेता कम्पनी एएआर कर्पोरेशनमा तर्फबाट दिपक शर्माले खरिद सम्झौताका हस्ताक्षर गरेका छन्।


ADVERTISEMENT


जहाज खरिदका लागि ग्लोबल टेन्डरमार्फत छनौट भएको अमेरिकन लिजिङ कम्पनीसँग २ सय ७० सिट क्षमताको वाइडबडी जहाज खरिद सम्झौता सम्पन्न भएको कंसाकारले जानकारी दिए। जहाज खरिद सम्झौता भएसँगै एएआरले निगमलाई सन् २०१८ को अप्रिल भित्र पहिलो एरबसर र दोस्रो एयरबसर मे भित्र उपलब्ध गराउनु पर्ने हुन्छ।


ADVERTISEMENT

# # #


एएआरले निगम लागि ३३०–२०० सिरिजको दुईवटा जहाज २०७४ सालको जेठ १५ गते भित्रै उपलब्ध गराउने छ । सम्झौतामा अबको एक महिनाभित्र लागतको मुल्यको ३५ प्रतिशत रकम कम्पनीलाई पहिलो किस्ता वापत दिनुपर्ने हुन्छ। निगमले एएआरलाई पहिलो किस्तावापत पौने ११ करोड रुपैयाँ दिइसकेको छ।

निगमले दुई वाइडबडी जहाज २० करोड ८० लाख १६ हजार अमेरिकी डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्दैछ। अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर छनौट भएको थियो। निगमले खरिद गर्ने जहाजमा ४० देखि ६० इन्च फराकिलो १२ देखि १६ सिट विजनेश क्लास गरी कुल २ सय ७० सिट हुनेछन् ।