काठमाडौँ– नेपाली क्रिकेटको व्यवसायीकरणको कोशेढुङ्गा मानिएको सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेट डीपीएल आज सुरु हुने भएको छ । विभिन्न ६ सहरलाई फ्रेन्चाईज शैलीमा समावेश गर्दै अक्सनका आधारमा खेलाडी छनोट गरेर सञ्चालन गर्न लागिएको प्रतियोगिता १४ दिन सम्म चल्नेछ ।


ADVERTISEMENT


प्रतियोगिताको विजेता टोलीले १५ लाख र उपविजेताले ७ लाख रुपैया प्राप्त गर्नेछन । धनगढी टोलीको कप्तानी पारस खड्का, रुपन्देहीको शक्ति गौचन, काठमाण्डौको बसन्त रेग्मी, अत्तरियाको ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषवाकर र कन्चनपुरको बिनोद भण्डारीले गर्नेछन ।


ADVERTISEMENT

# # #


धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा च्यारिटी खेलसँगै प्रतियोगिताको उदघाटन हुनेछ । प्रतियोगिताका औपचारिक खेल भोलीबाट सूरु हुने भएपनि आज राष्ट्रिय क्रिकेट टिमले धनगढी ११ संग च्यारिटी म्याच खेल्नेछ । राष्ट्रिय क्रिकेट टिमको कप्तानी पारस खड्का र धनगढी टिमको नेतृत्व पदक केसीले गर्नेछन । च्यारिटी खेलबाट उठेको पैसा खर्च कटाएर ड्रिम फाप्ला निमार्णमा खर्च गरिने प्रतियोगिता संयोजक सुवास शाहीले बताए ।

शुन्य घरेलु क्रिकेट गतिविधी र आइसीसीको प्रतिबन्धमा परेको नेपाली क्रिकेटलाई जिवित राख्न प्रतियोगिताले सहयोग पुर्‍याउने खेलाडीहरुले बताएका छन् ।प्रतियोगिताको पहिलो आधिकारिक खेल भोलि सिआइवी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ ।