काठमाडौं-अमेरिकाको फ्लोरिडा पार्कल्याण्डस्थित एउटा स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा स्कुलकै पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाएको र गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT


स्थानीय समय अनुसार बुधबार बिहान पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डग्लीस हाइस्कुलमा गोलीकाण्ड भएको हो । गोली लागी अन्य कतीपय विद्यार्थीहरू घाइते भएको बताइएको छ । १२ जनाको स्कुल भित्रै, दुई जनाको स्कुल बाहिर, एक जनाको स्कुल नजिकैको रोडमा र दुई जनाको हस्पिटलमा मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


अन्धाधुन्द गोली चलाउने १९ वर्षिय निकोलस क्रुजलाई नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । बन्दुकधारी, क्रुजलाई सोही स्कुलबाट अनुशासनहीनताका कारण, निकालिएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

यो सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा केन्टुकीमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो ।

गोली लागेर घाइते भएका थप १७ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।