काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरे ।


ADVERTISEMENT

# # #


सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने उनले बताए ।

सम्वोधन लगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।