रसुवा– विसं २०७२ को भूकम्पले हिमाल हल्लाउँदा गएको पहिराले पुरिएका लाङटाङ गाउँका बासिन्दालाई अन्यत्र नै जग्गाजमिन उपलब्ध गराइने भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेलको स्थलगत भ्रमणपछि स्थानीयवासीको चाहनानुरुप पहिरोस्थलको जग्गा लाङटाङ राष्ट्रिय निकुञ्जलाई र बस्न उपयुक्त जग्गा साबिक प्रमाणबमोजिम स्थानीयवासीलाई उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको रसुवाका प्रजिअ चोमेन्द्र न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आगामी वैशाख १० गतेभित्र भूकम्पविद्को सही तथ्याङ्क लिइने र छिटोभन्दा छिटो बसोबासको टुङ्गो लगाइने छ । हाकु क्षेत्रका गुठी निस्सा भएकालाई तत्काल पुनःनिर्माण र भूकम्पले घर भत्किई बास स्थानान्तरण गर्नुपर्नेका हकमा जग्गा खरिदका लागि तुरुन्तै रकम उपलब्ध गराइने कार्यकारी निर्देशकबाट हाकुवासीलाई आश्वासन दिइएको प्रजिअ न्यौपानेले बताए ।