काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता निष्कर्षमा पुगेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल टेलिभिजनमा प्रशारित कार्यक्रम ‘वाइड एङ्गल’मा प्रस्तोता शालीक सुवेदीसंग उनले निर्वाचन सकिएपछिको केन्द्रबिन्दू नै पार्टी एकता भएको र छिट्टै निष्कर्षमा पुग्ने बताए । ‘दुई प्रमुख पार्टीलाई एउटै बनाउने कुरा असध्यै चुनौतिपूर्ण कार्य हो’ उनले भने, ‘यसलाई प्रयाप्त गृहकार्य नगरिकन निष्कर्षमा पुग्न कठिन हुन्छ । त्यस कारण ढिला भएको हो । अब हामी चाडैँ एकता गछौँ ।’


ADVERTISEMENT

# # #


आउने दश वर्षलाई विकासका दश वर्ष बनाउनका लागि अबको सरकारले सुशासन, स्थायित्व र विकासमा जोड दिनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले  त्यसकै लागि वाम गठबन्धन र पार्टी एकताको कुरा उठाएको बताए । पार्टीमा ४ हजारभन्दा बढि केन्द्रिय सदस्य र अन्य नेताहरुलाई व्यवस्थापन गर्ने कार्य कठिन होला नि भन्ने प्रस्तोता शालीक सुवेदीको प्रश्नमा उनले कठिन भएपनि यसको व्यवस्थापन गर्नुको विकल्प नरहेको बताए ।

उनले दुईवटा पार्टीका अध्यक्षमध्ये एउटाले सरकार र अर्कोले पार्टी चलाउने कार्यकर्ता र जनताको इच्छा रहेकोले यो भन्दा बाहिर जाँदा अप्ठ्यारा आउने उल्लेख गरे ।

उनले भने, ‘दुई अध्यक्षमध्ये एउटाले सरकार र अर्कोले पार्टी हेर्नेे कार्यकर्ता र जनताको इच्छा रहेकाले यो यो भन्दा बाहिर जाँदा अप्ठ्यारा आउन सक्छन् । तर यो भन्दा बाहिर विकल्प नै छैन भन्ने होइन ।

हेर्नुस् भिडियो