बुटवल– प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले सो प्रदेशको नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रदेश प्रमुख निवास परिसरमा आयोजना गरिएको विशेष समारोहमा उनले देश र नेपाली जनताका नाममा सपथ लिएका हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्री पोखरेलले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा ९एमाले०का वैजनाथ चौधरी(थारु) लाई भौतिक पूर्वाधार विकास मन्त्रीमा आज नियुक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख निवास परिसरमा आयोजित समारोहमा उहाँहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराए । सपथग्रहण कार्यक्रमपछि मुख्यमन्त्री पोखरेलले बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा रहेको शहीद स्मारकमा र पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।