काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारकोे अवसरमा सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजाति, बहुसाँस्कृतिक र बहुभाषिक देश भएको उल्लेख गरेका छन् । यस प्रकारका मौलिक विविधतालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको प्रतिकको संज्ञा दिए ।


ADVERTISEMENT

# # #


शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभुत रुपमा संक्रमणकाल सकिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, “अबको सरकारको प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल नै हुनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै स्वेदसमै रोजगारीका अवसर सृजना गरेर देशलाई समृद्ध बनाउन अधिकतम प्रयोग गर्ने जनाएका छन् ।