काठमाडौँ– उपप्रधानमन्त्री वरियता विवाद र आइजिपी नियुक्तिका विषयमा टुङ्गो नलाग्दा आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक फेरि स्थगित भएको छ।


ADVERTISEMENT


दुई जना उपप्रधानमन्त्रीको वरीयता विवादले तीन सातासम्म बस्न नसकेको बैठक उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि वरीयतामा लचिलो भएपछि आइतबारका लागि डाकिएको थियो। तर आइतबार पनि बैठक बस्न सकेन।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नेबारे मधेसी मोर्चासँग सहमतिमा पुग्न नसकेपछि आजको बैठक स्थगीत भएको हो। तीन सातादेखि मन्त्रिपरिषद् बस्न नसक्दा नेपाल प्रहरीको महानिरीक्षक पनि नियुक्त हुन सकेको छैन।

आइतबार अपरान्हका लागि बोलाइएको मन्त्रिपरिषद बैठक विशेष कारणबस् स्थगित गरिएको भन्दै सोमबार दिउँसो तीन बजेका लागि बोलाइएको छ। उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियताक्रम विवाद नमिलेपछि यसअघि पनि पटक(पटक बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित हुँदै आएको थियो।