भुवन बहादुर सिंह, बझाङ–दुर्गाथलि जुजि भगेडा घर भएका गजेन्द्र बिष्ट कक्षा आठ मा स्कुल छोडेर कृषि पेशामा लागेका थिए ।
घरमा पढाई खर्च जुटाउन नसकेर घरको अबस्था निकै नाजुक भएकाले बिद्यालय छोड्न बाध्य भएका गजेन्द्रले तिस नालि जग्गा भाडामा लगेर कृषि पेशामा लागेपछी घरका आठ जना सदस्यको घर खर्च चलाउन र अहिले उनलाई छोराछोरीको पढाईको कुनै चिन्ता छैन । उनले भने ‘मैले पढ्न नपाए पनि छोराछोरी लाई राम्रो संग पढाउने छु ।’ अहिले उनको घरमा खुशिको सिमा छैन घरमा पैशाको पनि कमि छैन ।
उनले ब्यबसायकोे र रुपमा कखुरा पालन तरकारी खेती बिउ उत्पादन गरेर गाउमै बसेर ब्यबसाय गर्ने युवा मध्ये गजेन्द्र पनि एक हुन । पढाई छोडेर कृषी पेशामा लाग्न कुनै रहर थिएन बाथ्यता हो आफु सगँ पढेका साथी भाई गाउँमा जाँड रक्सी खाएर हल्ली रहेको देख्दा त मैले पनि ठीकै गरेजस्तो लाग्छ । अहिले गाउमै बसेर ब्यबसाय लागेपछी उनलाई भने गाउँमा घुम्ने फुर्सद पनि छैन अझै आफ्नो ब्यबसाय लाई कसरी अगाडी बढाउने चिन्ता भन्ने बोकेका छन् ।
६ बर्ष अगाडी तिस हजार आफ्नो र तिस हजार छिमेकी संग ऋण निकालेर शरु गरेको उनको ब्यबसाय अहिले मासिक छत्तिस सय जग्गा भाडा तिरेर , आठ जनाको घर परिवार र तिन जना छोरा लाई निजि स्कूलमा पढाएर पनि बार्षिक पाँच लाख बचत गर्ने उनले बताए ।
बिष्टले भने ‘मैले तरकारी खेति शुरु गर्दा नगर यो भन्दा बिदेश जा यस्तो जिचमा हात हालिस भने तेरो सम्पुर्ण लगानी खत्तम हुन्छ’ भन्ने मानिस नै अहिले मैले गरेको तरकारी खेति र कुखुरा पालन देखेर उनिहरु आफै पनि शुरु गर्न थालेका छन् । अहिले मैले गरेको ब्यबसाय देखेर पहिला मलाई ‘नगर डुब्छस्’ भन्नेहरु पनि मैरै सिकेर पहिला बुद्धि पुगेन अब गाउँमै बसेर तरकारी खेति शरु गर्छु भन्न थालेका छन् ।
बिष्ट अहिले त्यस ठाउँको एक्लो तरकारी र कुखुरा पालन ब्यबसायी भएकाले बजारको पनि कुनै चिन्ता छैन । उनले भने ग्राहकहरुपनि बारिमै आएर किन्ने गरेका छन् । मलाई समस्या यो छ कि तरकारी भएको ठाउँमा खुल्ला चरिचरन भएकोले एक मिनेट छोडेपनि गाई गोरुले खाई दिने भएकाले घेरबारको लागि कुनै संघसंस्थाले र गाउँपालिकाले पहल गरी दिए अन्य काम गर्न पनि सजिलो हुने थियो । तिस नालि जग्गामा उनले गरेको ब्यबसायले उनि अहिले खुसि छन् ।