काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकको समय भने टुंगो लागेको छैन ।


ADVERTISEMENT


समितिमा दुबै दलका अध्यक्षसहित शीर्ष नेता सदस्य छन् । बिहीबार नै समितिको बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष ओलीको प्रधानमन्त्रीको सपथ लगायतले समय अपुग भएपछि आज बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


यसअघि बुधबार बसेको समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुबै वाम दलले प्रधानमन्त्रीमा समर्थन गर्ने बताएको सहमति गरेको थियो । सोही अनुरूप माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति कार्यालयमा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्तावक बनेर गएका थिए ।

हिजै प्रधानमन्त्रीको सपथ लिएका ओलीले दुई जना मन्त्री पनि नियुक्त गरेका छन् । माओवादीले भने पार्टी एकताको प्रक्रिया नटुंगिएको भन्दै पहिलो चरणमा पार्टीबाट कसैलाई मन्त्री बनाएन ।

गत सोमबार एमाले र माओवादी अध्यक्षबीच एकतापछि दुबै जना सहअध्यक्ष हुने र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । नयाँ पार्टीको संरचना र वैचारिक कार्यदिशा भने टुंगिन बाँकी छ ।