काठमाडौं-अभिनेत्री स्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको ‘कान्छी’ले एकल प्रदर्शनको अवसर पाएको हो ।


ADVERTISEMENT


प्रदर्शनसँगै चलचित्रको शुक्रबार बिहान बिग मुभिज कमलपोखरीमा प्रिमियर समेत गरिएको छ । प्रिमियरमा अभिनेता दयाहाङ राइ, अभिनेत्री स्वेता खड्का लगायत चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


प्रिमियरमा रंग पत्रकार डब्बु क्षेत्रीले चलचित्रको कथा केही लामो भएपनि चलचित्र राम्रो बनेको बताए ।

आकास अधिकारीको निर्देशन रहेको चलचित्रले ग्रामीण भेगको एक कथा उठाएको छ । दयाहाङ राई स्वेता खड्का, अनु शाह, प्रज्जवल सुजल गिरी र तेस्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय रहेको चलचित्र अभिनेत्री स्वेताले निर्माण गरेकी हुन् । उनलाई निर्माणमा शैलेश खड्काले सघाएका छन् भने रविन खड्का चलचित्रका सह–निर्माता हुन् ।

चलचित्रको ‘चरी चट्ट परी’ र ‘ए कान्छी’ गीतको लोकप्रियताले पनि ‘कान्छी’ले दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

चलचित्रको रिलिज अगावै लगानी सुरक्षित भइसकेको बताउने स्वेता चलचित्र दर्शकले रुचाउने बताउछिन् । स्वेताले यो चलचित्र ‘कान्छी’ स्वर्गीय श्रीमान् तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानका लागि निर्माण गरेकी हुन् ।