एजेन्सी– दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका छन् । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताए । धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उनको भनाई थियो । रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यसअघि आफ्नै दलको तीव्र दबाब पछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


सत्तारूढ अफ्रिकन नेशनल कँग्रेस (एएनसी) ले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो । सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो । सन् २००९ देखि सत्तामा रहनु भएका जुमालाई भ्रष्टाचारसहितका कैयौँ आरोपहरू लाग्दै आएको थियो । नवनियुक्त राष्ट्रपति रामाफोसाले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गरेका छन् ।

दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उनी सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष रहेका थिए ।