काठमाडौं-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले पाँच वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बाम गठबन्धन नेतृत्वको सरकार संविधान विपरित चले कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी पनि दिए ।


ADVERTISEMENT


नयाँ सरकारले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता लिने तयारी गरिरहेका बेला उनले संविधान विपरित नचल्न सरकारलाई चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले जनताको अपेक्षा अनुसार नचले बाम गठबन्धनलाई पनि आगामी निर्वाचनमा जनताले पराजित गर्ने दावी समेत गरे । काँग्रेस नेता सिंहले निर्वाचन अघि जनतालाई बाँडेको आश्वासन पूरा गर्न नयाँ सरकार केन्द्रित हुने विश्वास पनि व्यक्त गरे ।