काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैक(एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा आयोजना गरेको अन्तर बैक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसिया बैंकले जितेको छ ।


ADVERTISEMENT


शुक्रबार फाइनलमा एनआइसी एसियाले आयोजक एनआइबिएलाई टाइ–ब्रेकरमा ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । एनआइसी एसियाका अनिल ढकाल उत्कृष्ट गोलकिपर घोषित भए ।


ADVERTISEMENT

# # #


एनआइसी एसियाको पूरै टिमले पोखरा टुरको प्याकेज तथा उपविजेता र अन्य व्यक्तिगत विधाका विजेताले एक दिने नगरकोट रिफ्रेसमेन्ट प्याकेज प्राप्त गरेका छन् ।