पोखरा–प्रदेश ४ मा नेपाली काँग्रेसले विपक्षी दलको नेता अझै चुन्न सकेको छैन । प्रदेश सरकार बनेर दैनिक कार्यसञ्चालन शुरु भइसक्दा पनि विपक्षी दलको नेता भने चयन हुन नसकेको हो ।


ADVERTISEMENT


नेपाली काँग्रेसले प्रदेश ४ को विपक्षी दलको नेता चुन्ने अधिकार नेता गोपालमान श्रेष्ठलाई दिएको छ । कार्यव्यस्तता देखाउँदै श्रेष्ठले नेता छनोटको प्रक्रिया पर धकेल्दै आएका छन् । दलको नेता चयन गर्नका लागि श्रेष्ठ तिन दिन पछि मात्रै पोखरा आउने वताइएको छ ।


ADVERTISEMENT

# # #


को छन् आंकाक्षी ?
विपक्षी दलको नेताका लागि चार नेताले इच्छा देखाएका छन् । नवलपुरका कृष्ण चन्द्र नेपाली, कास्कीका विन्दुकुमार थापा, कुमार खड्का ,बागलुङका मणीभद्र शर्मा कडेलले इच्छा देखाएका छन् । कृष्णचन्द्र नेपाली प्रतिपक्ष दलको नेताका रुपमा बलियो दावेदार रहेका छन् । नेपालीले नवलपुर १ को क बाट चुनाव जितेका थिए । नेपाली काँग्रेसमा निरन्तरको क्रियाशीलताका तथा सिनीयर नेता हुनुका आधारले प्रतिपक्ष दलको नेतामा चुनिने नेपालीको विश्वास छ ।

कास्कीको २ क बाट निर्वाचित भएका विन्दुकुमार थापाले दाबेदारीबाट पछि नहट्ने संकेत गरेका छन् । दलको नेता हुन सिनीयारिटि मात्रै भएर नहुने उनले वताए । पोखराको स्थानीय वासिन्दा भएकोले हरेक समय आफु उपस्थित हुन सक्ने आधार प्रस्तुत गरे । थापा नेपाली काँग्रेसको क्रियाशिल सदस्य हुन् । थापाले सर्वसम्मतिमा बाट दलको नेता चयनको प्रयास गरिने बताए ।

अखण्ड पार्टीबाट नेपाली काँग्रेस प्रवेश गरेका कुमार खड्का पनि ४ नम्वर प्रदेशको प्रतिपक्ष दलको नेतामा रुची देखाएका छन् । कास्कीबाट समानुपातिक सुचिमा परेका खड्का काँग्रेसको आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् । प्रतिनिधी तथा प्रदेश सभा सदस्य भइसकेका खड्का महिला तथा वालवालिका मन्त्री पनि भएका थिएं । विगतमा संसदीय अनुभवका आधारमा दलको नेता आफु हुन पाउनु पर्ने खड्काको मत छ ।
संसदीय नेतामा रुची देखाएका शर्मा भने सहमतिको लागि लचिलो बन्ने भएका छन् ।

नेपाली काँग्रेसका प्रदेश ४ मा १५ प्रदेश सदस्य छन् ।