काठमाडौं-पश्चिमी नवलपरासीको एकमात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा यतिबेला अत्यावश्यक सेवाहरु बन्द हुँदा अस्पतालको सेवा प्रभावित भएको छ । गतवर्ष २५ सैयाबाट ५० सैयामा स्तरउन्नती भएको अस्पतालमा दक्ष जनशक्तिको अभाव र अत्यावश्यक सेवा बन्द हुँदा विरामीहरु बाहिर उपचार गराउन बाध्य बनेका छन् ।


ADVERTISEMENT


पृथ्वीचन्द्र अस्पताल जिल्लाको एक सरकारी अस्पताल हो तर यहाँ दक्ष जनशक्ति नहुँदा गर्भवति महिलाको पेट अपरेशन गरि बच्चा निकाल्ने, (सिएस), भिडियो एक्सरे, निशुल्क औषधी वितरण जस्ता अत्यावश्यक सेवा बन्द छन् जसकारण विरामीहरु समस्या भोग्दै आएको गुनासो गरेका छन् ।


ADVERTISEMENT

# # #


यस अस्पपतालमा बाल रोग, महिला रोग, सर्जन, फिजिसियन, रेडियोलोजिस्ट, हार्डजोर्नी लगायका ९ जना विशेषयज्ञ चिकित्सकको (एमडी) दरबन्दी छ तर एउटा पनि बिशेषयज्ञ चिकित्सक यहाँ छैनन् । अस्पतालमा विशेषज्ञ सहित ५३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर हाल ३० जनामात्र स्वास्थ्यकर्मीले अस्पतालका सेवा प्रदान गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले बताए ।

अस्पताल रहेकोे भिडियो एक्सरे सेवा रेडियोलोजिस्टकै अभावमा विगत ६ महिनाबा बन्द भएको छ । एक्सरे सेवा बन्द भएपछि बिरामीहरु अहिले बाहिरी क्लिनीकहरुमा ८ सयदेखि एक हजारसम्म रुपैया तिर्नु परेको स्थानिय पुरन यादव बताउछन् ।

अस्पतालमा नर्मल शल्यक्रियाबाट बच्चा पाउने सेवा समेत बन्द भएको छ । जस्ले गर्दा अस्पतालमा प्रसुती गराउनेको सँख्या पनि घटेको छ । अस्पतालमा विभिन्न विशेषयज्ञ डाक्टरहरुको अभावकै कारण यहाँ जटिल र गम्भीर विरामीहरुको उपचार गर्न सकिएको छैन ।

गम्भीर विरामीलाई तुरुन्त बाहिरी अस्पतालमा रिफर गर्नु पर्ने अवस्था छ । विशेषज्ञ डाक्टरकै अभावमा यहाँ अधिकांश विरामीहरु उपचार गराउन पनि आउँदैनन् । पटक पटक स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य बिभागमा विशेषज्ञ चिकित्सकहरुको पुर्ती गर्न माग गरिरहदा सम्बन्धित निकाय भने मौन बसेको छ । जसले गर्दा अस्पतालका सेवाहरु प्रभावित बनेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर आनन्द मिश्राले बताए ।