भुवन बहादुर सिंह,बझाङ–दुर्गाथली गाउँपालिकाको जौनारमा रहेको महालिङ्ग मन्दिर आन्तरिक पर्यटकहरुको आर्कषक केन्द्र बन्न थालेको छ । मन्दिरको मनोरम दृष्य एकान्त वातावरण मात्र नभई धार्मिक आस्थाको केन्द बन्दै आएको यस मन्दिरले आफ्नै मौलिक इतिहास बोकेको छ ।


ADVERTISEMENT


परापुर्व कालदेखी नै स्थानिय वासीले कुले देवता रुपमा पुज्दै आए पनि किंवदन्ती अनुसार सतियुगमा कैलास पर्वतदेखि आएका र यस ठाउँको सबै भन्दा पुरानो देवताको रुपमा पनि लिने गरिन्छ । यो मन्दिरको इतिहासको दैबिक शक्त्तिलाई निहाल्ने हो भने त यस मन्दिरमा भक्तजनको ओईरो लाग्नु पर्ने हो, तर प्रचार प्रसारको कमिले गर्दा गर्वबाट बाहिर निस्कन सकेका छैनन् यस्ता शतिm पिठहरु । स्थानिय बासि दिर्घ बहादुर भण्डारीका अनुसार महालिङ्ग मन्दिर आरधना गरेमा भोक, अनिकाल हट्ने रोगब्यथा लागेमा यस देवताको नाम लिन बितिकै ठिक हुने गर्दछ ।


ADVERTISEMENT

# # #


एउटा अनौठो चमत्कार भनौ वा दैबीय शक्त्ति यस मन्दिरको तलपट्टी रहेको धाराको पानी बिहान चार बजे देखि आठ बजे सम्म ठुलो र ताता् हुने र त्यस पछिको समयमा धारा सानो हुदै जाने पानी पनि चिसो हुने गर्दछ । मन्दिरको अन्दाजी चालीस मिटर उता पूर्व पट्टी एउटा गुफा रहेको छ । त्यस गुफाको लम्बाई अन्दाजी दुई किलोमिटर जति छ । गुफाको तलपट्टीको भाग मोरी बगरको शिवालयमा छ भने माथिको भाग जाप्री सम्म छ ।

स्थानियका वासीका अनुसार त्यस गुफाको सरसफाई गर्नको लागि महालिङ्ग देवताले स्थानिय कन्यालाई अपहरण गरी लगेका थिए रे उक्त कन्या कहिले काही बाहिर निस्केको देख्ने गरेको स्थानियले बताउने गरेको छन् । अहिले यस मन्दिरको पूजा आरधना माघशुक्ल पुर्णीमा ,महाशिवरात्री ,चैते अष्टमी र बैसाख पुर्णिमामा लाग्ने गर्दछ भने चैते दशैमा पन्द देखि बीस दिन पुजा आरधना गरी खसी बोकाको बलि दिने गरेका छन् । उसो त यो मन्दिर गाउँपालिकाका स्थानिय बासिन्दाको पवित्र धार्मिक स्थल नै हो ।

महालिङ्ग मन्दिरको धारामा स्नान् गरी मन्दिरमा पुजा आरधना गरेमा सम्पूर्ण पाप नाश भएर इच्छित वर प्राप्त हुने विश्वासका कारण यहाँका सयौं मानिसहरु पैदल यात्रा गरी यहाँ पुग्ने गर्दछन् । महालिङ्ग देवताको प्राङ्गण सम्म सडक पुगाउनु पर्ने र महालिङ्ग देवताको मन्दिर बनाउनु पर्नेमा स्थानिय वासीले जोड दिएका छन् । पहिले पहिले गाउँपालिका भित्रका मानिस मात्र यहाँ घुम्न आउने गर्दथे’ भण्डारीले भने पछिल्लो समयमा अन्य ठाउँका मानिस पनि बनभोज खान र महालिङ्ग देवताको दर्शन गर्न आउने गरेका छन् ।

गाउँपालिकामा यातायातको संञ्जालमा जोडिन थाले पछि यहाँ आउनेको संख्यामा दिनानुदिन बृद्धि भएको उनको भनाई छ । मनै लोभ्याउने ठाउँ र निकै नै रमाईलो वातावरण चराहरुको चिरविर आवाज र अदभुत शक्त्तिको केन्द्ध हुदा हुदै पनि प्रचार प्रसारको अभावमा प्रकृतिको गर्भमै रहेको यस्तो ठाउँको व्यवस्थापन र प्रवद्र्धन गर्न सके बर्षेनी हजारौ पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाई छ ।

धार्मिक अवस्थाको हिसाबले प्रख्यात यो ठाउँ प्राकृतिक र भौगोलिक रुपमा पनि सुन्दर भएकोले यसलाई जिल्लाकै मुख्य पर्यटकीय स्थलको रुपमा बिकासका लागि गाउँपालिकाले छिट्टै काम शुरु गर्ने गाउँपालिका प्रुमुख प्रयागराज जोशीले बताए । उनले यस मन्दिर नजिकै सडक यातायातको पहुंच पुर्याउने र पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नका लागि छिट्टै नै कार्य थालनी गर्ने बताए ।