काठमाडौं-सरकारले पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको छ ।


ADVERTISEMENT


तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


ADVERTISEMENT

# # #


त्यो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन् । सचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनिसकेकाले विगतमा सिफारिस भएका नाम असान्दर्भिक भएको र अब नयाँ नाम सिफारिस हुने जानकारी दिए।

‘नयाँ सरकारले नयाँ नाम सिफारिस गर्छ,’ ज्ञवालीले भने। स्रोतका अनुसार एमाले र माओवादीबीच भागबण्डा गरेर तीन जनाको नाम सिफारिस गरिनेछ।

दुई जना एमाले र एक जना माओवादीका तर्फबाट सिफारिस हुने सम्भावना छ । नेकपा एमालेको स्थायी समितिको बैठकले यसअघि नै देउवा सरकराले गरेको सिफारिस फिर्ता लिने निर्णय गरिसकेको छ ।