काठमाडौं-प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी सार्ने विषयमा कुनै हतार नभएको बताएका छन् । प्रदेश सरकारले पूर्णता नपाएको र नीतिनियम एवं मोडलबारे अलमलिएको अवस्थामा स्थायी राजधानीको कुरा उठाउनु उपयुक्त नभएको उनको भनाइ छ ।


ADVERTISEMENT


धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवसका अवसरमा शनिबार मुख्यमन्त्री पौडेलले भने, ‘म मुख्यमन्त्री भइसकेँ । तर प्रदेश सरकारको अवस्था, मोडल, स्रोतसाधन, नीतिनियम एवम् अधिकारबारे मलाई थाहै छैन, कस्तो हुन्छ, के हुन्छ । सबै कुरा प्रक्रियाबाट टुंगिन्छन् ।’ प्रदेश राजधानीको विषय विधि र प्रक्रियाबाट सल्टिने विषय भएकाले हतार नगरी केही समय पर्खन उनले आग्रह गरे ।


ADVERTISEMENT

# # #


प्रत्येक स्थानीय तहलाई नयाँ मोडेलमा दिगो विकास गर्न उनले आग्रह गरे । कार्यक्रममा काभ्रे प्रतिनिधिसभा १ का सासद गंगाबहादुर दोङ र प्रतिनिधिसभा २ का सासद गोकुल बास्कोटाले १३ जिल्लाको केन्द्रस्थल काभ्रे भएकाले स्थायी राजधानी काभ्रे उपयुक्त हुने दाबी गरे । ‘हामीले छिमेकी जिल्लाका सासदसँग निरन्तर समन्वय एवं सहकार्य गरिरहेका छौँ’, उनले भने, ‘उहाँहरू स्थायी राजधानी काभ्रे ल्याउनेमा सहमत हुनुहुन्छ । त्यसैले हामी विधि र प्रक्रियाको मात्र पखाईमा छौँ ।’

कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक व्यञ्जूले नगरपालिकाको आर्थिक, सामाजिक, खानेपानी, सडक र नगरपालिकाको समग्र दिगो विकासबारे नीतिनियम र योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुर, सिन्धुली र चितवनका प्रदेश तथा प्रतिनिधिसभा सासदको समेत उपस्थिति थियो ।