काठमाडौं-हडर्सफिल्डलाई २-० ले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेड र ब्रिङ्गटन आमनेसामने हुनेछन् ।


ADVERTISEMENT


शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन दुवै गोल लुकाकुले गरे । लुकाकुले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि उनले ५५ औं मिनेटमा दोस्रो गोल गरे । एलेक्स सान्चेजले दिएको पास उनले सदुपयोग गरे र बललाई जाली चुमाउन कुनै गल्ती गरेनन् ।


ADVERTISEMENT

# # #


पहिलो हाफको अन्तिम सयममा माटाले बललाई गोलपोस्टमा छिराए पनि अफसाइड भएकाले मान्यता पाएन र २-० को नतिजामा खेल टुंगियो ।

अब क्वाटर फाइनलमा म्यानचेस्टर युनाइटेड र ब्रिङ्गटनको प्रतिस्पर्धा हुनेछ । शनिबार राति नै भएको खेलमा कोवेन्ट्रीलाई ३-१ ले हराएर ब्रिङ्गटनले पनि अन्तिम आठमा स्थान बनाएको छ ।