प्रदेश नं ३ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता तथा सांसद इन्द्र बानियाँसंग गरिएको कुराकानी :


ADVERTISEMENT


नेपाली कांग्रेसबाट प्रदेश नं ३ को संसदीय दलको नेता चुनिनु भएको छ । कस्तो जिम्मेवारीको महशुस भएको छ ?


ADVERTISEMENT

# # #


सबैभन्दा ठूलो कुरा भनेको संघियताको व्यवस्थापन प्रमुख चुनौतिका रुपमा खडा भएको छ । यसको व्यवस्थापनका लागि सरकार पक्षले कस्तो भूमिका खेल्छन् भन्ने हो । संविधान कार्यान्वयनका लागि तीनै चरणको निर्वाचन सम्पन्न भइसकेपछिको अवस्थामा नयाँ बन्ने सरकारको भूमिका कस्तो रहन्छ भन्ने कुरा पनि अर्कोतिर छ । हामी प्रतिपक्षीको भूमिकाका प्रजातन्त्र र जनताको लागि काम गर्नेछौँ । शब्दमा नभएर व्यवहारमा कसरी समृद्धि ल्याउन सकिन्छ ? त्यसमा हामी लाग्छौँ । जनतालाई सुखी र खुसी बनाउने कुरामा हाम्रो ध्यान हुनेछ । नीति र विधि अनुसार जनतालाई सुशासन र निष्पक्ष न्याय उपलब्ध गराउनका लागि हाम्रो सरकार पक्षसंग सहकार्य हुनेछ । सरकारको व्यवहार र बोलीमा एकरुपता आएन भने हाम्रो खबरदारी निरन्तर हुनेछ ।

प्रमुख प्रतिपक्षी दलको नेताका हिसाबले बताइदिनुस् कि अब ३ नं प्रदेशको प्रमुख एजेण्डा के हुनुपर्छ ?

३ नं प्रदेशको मूल कुरा भनेको प्रदेशलाई कसरी सफा, मानवताको स्वच्छ प्रदेशको रुपमा स्थापित गर्ने नै हुन्छ । तत्कालका लागि प्रदेशको राजधानी रहेको हेटौँडा र नेपालको राजधानी रहेको काठमाडौँलाई कसरी स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ भन्नेतर्फ नै अहिलेको मूल एजेण्डा हो । यसको लागि सरकारी पक्षले ध्यान दिएन भने हामीले दबाब दिनेछौँ । अन्य कुरा भनेको त प्रदेशलाई विकसित र समृद्ध प्रदेश बनाउनका लागि  गर्नुपर्ने कामहरु पनि हो ।

विकास र समृद्धिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसंग कसरी सहकार्य गर्छ ?

यसमा मैँले अघि नै भनेँ कि सरकारले ल्याएको सकारात्मक र रचनात्मक कार्यमा हामी सबैको सहयोग हुन्छ । सरकारलाई हाम्रो सहयोग भनेको उसले गर्ने व्यवहारमा निर्भर हुन्छ । सबैलाई समेट्ने नभई उहाँहरुले दम्भ देखाउने काम गर्नुभयो भने भोलि राम्रो हुँदैन । तर बहुमतले अल्पमतको पनि कदर गर्छ भने सहयोग त हुने नै भयो ।

अन्त्यमा प्रदेश नं ३ मा कांग्रेसको प्रमुख प्रतिपक्षी दलको नेता बन्दै गर्दा आम नेता कार्यकर्तालाई के भन्नुहुन्छ ?

नेपाली कांग्रेसले जनताले दिएको जुन जिम्मेवारी छ । त्यो इमान्दारीपूर्वक निभाउँछौँ । र लोकतन्त्रमा प्रतिपक्षीको भूमिका कस्तो हुन्छ भन्ने कुराको उदाहरण हामी पेस गर्छौँ । लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माका लागि हामी हामी हर कोहीलाई सहयोग गर्छौँ ।