काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।

एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घट्दा चाँदी पनि ४५ रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ७ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।


ADVERTISEMENT

# #


चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। पछिल्लो मूल्य गिरावटसँगै सुनचाँदी बजारमा कारोबार मूल्य थप घटेको छ।